दफा १३
नियम बनाउन सक्ने

(१) यस ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले नियम बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्व सामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी ती नियमहरुमा खास गरेर देहायको व्यवस्था गर्न सकिनेछ ः– 

(क) खाद्य पदार्थ विश्लेषण वा अनुसन्धान गर्ने प्रयोगशाला र त्यसको कार्यविधि तथा सो प्रयोगशालाको विशेषज्ञ वा अधिकारीको योग्यता सम्बन्धमा ।

(ख) खाद्य निरीक्षकको व्यवस्था तथा निजको अधिकार र कर्तव्यका सम्बन्धमा,

(ग) खाद्य स्तर निर्धारण समितिको काम, कर्तव्य, अधिकार, दायित्व तथा अरु कार्यविधि सम्बन्धमा,

(घ) नेपाल …………. भित्र उत्पादन हुने कुनै खाद्य पदार्थका उत्पादन वा बिक्रेताले सो खाद्य पदार्थमा कुनै खास किसिमको लेबुल लगाउने सम्बन्धमा,

(ङ) खाद्य पदार्थमा रङ्ग, सुगन्ध, मरमसला वा अरु कुनै चीज समिश्रण गर्न पाउने हद तोक्ने सम्बन्धमा,

(च) खाद्य पदार्थको उचित स्तर कायम राख्न अपनाउनु पर्ने अन्य आवश्यक व्यवस्थाका सम्बन्धमा । गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।

द्रष्टव्य ः– (क) ऐन लागू भएको मिति र स्थान ः–

१. खाद्य ऐन, २०२३ देहायका जिल्लाहरुमा मिति २०२९।९।१ देखि लागू हुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित मिति २०२९।८।१९ः– काठमाण्डौं जिल्लामा–कालीमाटी गाउँ विकास समिति, भिमसेनगोला गाउँ विकास समिति, महादेवस्थान गाउँ विकास समिति, पशुपति गाउँ विकास समिति, डल्लु गाउँ विकास समिति, भगवान स्थान गाउँ विसका समिति, चावहिल गाउँ विकास समिति, ललितपुर जिल्लामा– ललितपुर नगरपालिका, भक्तपुर जिल्लामा– भक्तपुर नगरपालिका ।

२. खाद्य ऐन, २०२३ देहायका नगरपालिका क्षेत्रहरुमा २०३०।६।१ देखि प्रारम्भ हुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित मिति २०३०।६।२९ ः– भद्रपुर नगरपालिका, विराटनगर नगरपालिका, जनकपुर नगरपालिका र विरगंज नगरपालिका ।

३. खाद्य ऐन, २०२३ देहायका जिल्लाको सम्पूर्ण क्षेत्रमा लागू हुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित मिति– २०३१।६।२८ः– (१) काठमाण्डौ (२) ललितपुर (३) भक्तपुर (४) पर्सा (५) मकवानपुर (६) धनुषा (७) मोरङ्ग (८) सुनसरी र (९) झापा ।

४. खाद्य ऐन, २०२३ मिति २०३२।१।११ देखि रुपन्देही र बाँके जिल्लाका सम्पूर्ण क्षेत्रमा लागू हुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित मिति २०३२।८।२२

५. खाद्य ऐन, २०२३ मिति २०३३।१२।१ देखि कास्की, स्याङ्गजा, पाल्पा र कपिलवस्तु जिल्लाका सम्पूर्ण क्षेत्रमा लागू हुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित मिति २०३३।७।१६

६. खाद्य ऐन, २०२३ मिति २०३५।२।१ देखि इलाम, सप्तरी, बारा, रौहतट, चितवन र काभ्रेपलान्चोक जिल्लाका सम्पूर्ण क्षेत्रमा लागू हुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित मिति २०३५।१।२५

७. खाद्य ऐन, २०२३ मिति २०३८।१०।१९ देखि सिरहा, महोत्तरी, सर्लाही, नवलपरासी, दाङ्ग, बर्दिया, कैलाली, कन्चनपुर, बैतडी र दार्चुला जिल्लाहरुमा लागू हुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशित मिति २०३९।४।११

८. खाद्य ऐन, २०२३ गोर्खा, धादिङ्ग, नुवाकोट, धनकुटा र सुर्खेत जिल्लामा सम्पूर्ण क्षेत्रमा सूचना प्रकाशन भएको मितिदेखि प्रारम्भ हुने गरी तोकिएको । नेपाल राजपत्रमा सूचना प्रकाशित मिति २०४५।३।२०

९. खाद्य ऐन, २०२३ देहायका जिल्लाहरुको सम्पूर्ण क्षेत्रमा लागू हुने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन मिति २०५७।३।२६ १. पाँचथर २. ताप्लेजुङ ३. ते¥हथुम ४. संखुवासभा ५. भोजपुर ६. खोटाङ्ग ७. उदयपुर ८. सोलुखुम्बु ९. ओखलढुङ्गा १०. दोलखा ११. रामेछाप १२. सिन्धुली १३. सिन्धुपाल्चोक १४. रसुवा १५. तनहुँ १६. लम्जुङ्ग १७. मनाङ्ग १८. अर्घाखाँची १९. गुल्मी २०. पर्वत २१. म्याग्दी २२. बाग्लुङ्ग २३. मुस्ताङ्ग २४. प्युठान २५. रोल्पा २६. सल्यान २७. रुकुम २८. डोल्पा २९. जाजरकोट ३०. दैलेख ३१. जुम्ला ३२. मुगु ३३. कालिकोट ३४. हुम्ला २५. बाजुरा ३६. अछाम ३७. डोटी ३८. बझाङ्ग ३९. डडेलधुरा (ख) रूपान्तरण ः–

(१) खाद्य (तेस्रो संशोधन) ऐन, २०४९ द्वारा रूपान्तर गरिएका शब्दहरूः– “खाद्य जाँचकी” भन्ने सट्टा “खाद्य निरीक्षक” ।

(२) गाउँ विकास समिति ऐन, २०४८ द्वारा रूपान्तर गरिएका शब्दहरूः– “गाउँ सभा” वा “गाउँ पञ्चायत” भन्ने सट्टा “गाउँ विकास समिति” ।

(३) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।

(४) गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा रूपान्तर गरिएका शब्दहरूः– “नगर पञ्चायत” को सट्टा “नगरपालिका” ।